(१) प्रत्येक संस्था वा संघले दर्ता भएको मितिले तीन महिनाभित्र प्रारम्भिक साधारण सभा बोलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रारम्भिक साधारण सभा नबोलाइएको अवस्थामा कुनै सदस्यले त्यस्तो सभा बोलाउन रजिष्ट्रार समक्ष निवेदन दिएमा वा त्यस्तो निवेदन नदिएमा पनि उपनियम (१) मा तोकिएको म्याद समाप्त भएको मितिले ३५ दिनभित्र रजिष्ट्रारले वा निजले तोकेको व्यक्तिले त्यस्तो सभा बोलाउन सक्नेछ ।
(३) संस्था वा संघको कुल सदस्य संख्याको ५० प्रतिशत सदस्यहरूको उपस्थिति भएमा प्रारम्भिक साधारण सभा संचालन गर्न गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) प्रारम्भिक साधारण सभाले देहायका कार्यहरू गर्नेछ :–
(क) सभाको सभापतिको निर्वाचन गर्ने ।
(ख) अघिल्लो दिनसम्मको संस्था वा संघको काम कारवाहीको हरहिसाबको जानकारी लिने ।
(ग) सभामा पेश भएका प्रारम्भिक प्रतिवेदन माथि छलफल गर्ने र निर्देशन दिने ।
(घ) विनियममा तोकिए बमोजिम समितिको निर्वाचन गर्ने ।